• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । अभिरल बर्षा संगै परेको चट्याङमा परि ४ वटा पशुचौपाया मरेका छन । आज (बिहीबार) झण्डै  ५ बजेतिर परेको चट्याङ्को झट्काले लागेर जिल्लाको शुनकोशी गाउँपालिका ९ ककनीका गुमबहादुर तामाङले पालेको ४ वटा पशुचौपाया मरेका हुन ।

उनको गोठमा रहेको २ वटा गोरु, एक वटा लैनो गाई र एक वटा बाछा मरेको प्रहरीले जनाएको छ । चट्याङले निजकै घरमा रहेको २० वाटको १ थान सोलार प्यानल र १ थान १२ भोल्टको ब्याट्रीमा समेत क्षती पुगेको छ ।

त्यस्तै सोही स्थानका धनबहादुर तामाङको पनि २० वाटको १ थान सोलार प्यानल र १ थान १२ भोल्टको ब्याट्रीमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।

चट्याङबाट कुनै मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!