ओखलढुंगा । मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक महिला घाइते भएकी छिन । जिल्लाको चिशंखुगढी गाउँपालिका ४ मजुवाकि ३२ बर्षिया धनकुमारी बस्नेत ( गिरी) घाइते भएकी हुन ।
मङलबार दिउँसो झन्डै ४:३० बजेतिर आफ्नै घरमा मोबाईल चार्जमा लगाउने क्रममा उनलाइ करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएकी उनलाइ आज (बुधबार) सामुदायिक मिसन अस्पताल ओखलढुंगामा ल्याइएको छ ।
निज घाईतेको दाहिने हातको बुढी औला र माईली औलामा चोट लागेको र उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।