ओखलढुंगा । जिल्ला सदरमुकाम ओखलढुंगाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा सानुबाबु खड्का विजयी भएका छन । आज (बिहीबार) सदरमुकाममा भएको निर्वाचनमा उनि २२१ मत सहित विजयी भएका हुन ।
उनका प्रतिष्पर्धीहरु रुपेश शाक्यले १६२ र अम्बिका श्रेष्ठले १५८ मत प्राप्त गरेका छन । अध्यक्ष र कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा समितीको कोषाध्यक्षमा बिमला बिक निर्वाचित भएकी छन । बिकले २५३ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धी रन्जु श्रेष्ठले २३४ मत प्राप्त गरेकी छिन ।
त्यस्तै समितीको उपाध्यक्षमा सत्रुधन कट्वाल र सचिवमा युवराज राई निर्बिरोध चयन भएका छन । निर्वाचनमा ५६२ मत खसेकोमा १८ मत बदर भएको बताइएको छ । समितीको अन्य ११ जना सदस्य पनि निर्बिरोध चयन भएका छन ।