• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । करिब ४५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित निशङ्खेमा उक्त मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको हो ।

आज (बुधबार) बिहान ८ बजे जिल्लाको चिसङ्खुगढी गाउँपालिका २ स्थित भदौरे बाट मिलनचौक तर्फ आउने सवारी साधनहरु चेकजाँच गरिएको थियो । सोहि क्रममा १७ वटा स्प्राइटको बोतलमा रहेको करिब ४५ लिटर घरेलु अबैध मदिरा बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएको उक्त मदिरा स्थानिय जनप्रतिनिधी, स्थानिय बासिको रोहबरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!