• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ४४ औँ विश्व खाद्य दिवशको अवशरमा ओखलढुंगाका ८ जना उत्कृष्ट कृषक सम्मानित भएका छन । जिल्लाका ८ स्थानीय तहबाट कम्तीमा १÷१ जनाको प्रतिनिधित्व रहने गरी आज (शुक्रबार) कृषी ज्ञान केन्द्र ओखलढुंगाले उनिहरुलाई सम्मान गरेको हो ।

दिवशको अवशरमा ज्ञान केन्द्रमै कार्यक्रमको आयोजना गरि उनिहरुलाई प्रतिव्यक्ति ३ हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । सम्मानित हुने कृषकहरुमा सिद्धिचरण नगरपालिका २ का चुनकबहादुर कट्वाल, सुनकोशी गाउँपालिका १ का शंकरनाथ पराजुली, लिखु गाउँपालिका ४ सुरज पाण्डे र मानेभञ्ज्याङ गाउँपालिका ४ का नारायणप्रसाद राई रहेका छन ।

त्यसैगरी खिजीदेम्बा गाउँपालिका २ का लालबहादुर रोका, चिसंखुगढी गाउँपालिका ३ की अनिता मगर, मोलुङ गाउँपालिका ८ का गोविन्द राई, र चम्पादेवी गाउँपालिका ३ का खङ्खबहादुर खत्री रहेका छन । कृषकहरुलाई सम्बन्धित स्थानीय तह तथा सरोकारवाला संगको आवश्यक छलफल र उनिहरुले जिल्लाको कृषी क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङकल गर्दै सम्मान गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

यो सम्मानले कृषकहरुलाई थप हौसला र उर्जा मिल्ने ज्ञान केन्द्रले अपेक्षा गरेको कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख टिकाराम बानियाँले बताए । विश्व खाद्य दिवश प्रत्येक वर्ष अक्टोबर १६ मा मनाउने गरिएको भएपनि यस पटक दिवशको दिन दशैँ परेकोले जिल्लामा आज मनाईएको ज्ञान केन्द्रले जनाएको छ ।

कार्यक्रमलाई ओखलढुंगाका प्रदेश सांसद बाबुराम गौतम, जि.स.स उपप्रमुख तारादेवी कार्की, सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, (तजेन्द्र) प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाललगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!