ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका-५ मुलखर्कमा लडेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ९ स्थित ककनी घर भएकी ४५ वर्षिया गन्जीमाया तामाङको मृत्यु भएको हो ।
मृतक तामाङ केही समय देखी मुलखर्क स्थित आफ्नै छोरी (मुना माया तामाङको) घरमा बस्दै आएकी थिइन । शनिबार दिउँसो करिब ३ बजे घरबाट बजार जान्छु भनि निस्किएकोमा अबेर सम्म घर नफर्कीएपछी उनको खोजी कार्य सुरु गरिएको थियो ।
सोही क्रममा राती ७ बजे मुलखर्क स्थित घर देखी ५०० मिटर उत्तर पर्ने बाटोबाट करिब ५०० मिटर तल झरी घाइते अवस्था उनी फेला परेकि थिइन । घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मुलखर्कबाट प्रहरी टोली खटि गई आफन्त र स्थानीयको सहयोगमा घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल रुम्जाटार पठाएको थियो ।
आज (आइतबार) बिहान ३ : ५० बजेतिर अस्पताल ल्याउदा चिकित्सकले निजको मृत्यु भैसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
साङ्केतिक तस्बिर