ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ७ स्थित सर्सेपुमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगुटारका ६० बर्षिय लानुरी शेर्पा रहेका छन । बिहीवार बिहान करिब ११ बजे तिर उनि घरबाट मोलुङ गाउपालिका-८ सखरे स्थित आफन्तको मरि मराउमा हिडेका थिए ।
अबेर सम्म घर नफर्किए पछि निजको आफन्त र स्थानियाबसीहरुले खोजतलास सुरु गरेका थिए । सोहि क्रममा राती ९ बजे तिर सिद्विचरण न.पा.-७ सर्सेपु स्थित बाटोबाट लडि करिब २ सय मिटर तल गर्सेपु खोलामा झरि मृत अवस्थामा फेला परेका हुन । घटनाको जानकारी पाएपछि अस्थाइ प्रहरी पोष्ट ठाडेबाट प्रहरी टोली घटना स्थल तर्फ प्रस्थान भएको थियो ।
आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको आज (शुक्रबार) बिहान पुन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान भएको थियो ।
प्रहरी टोलीले आबश्यक कानुनी प्रक्रिया पछि शवको पाेष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
साङ्केतिक तस्वीर