• २०८२, २ असार सोमबार
0 COMMENTS

ओखलढुंगा । चोरीमा संलग्न १ नाबालक सहित ३ जना पक्राउ परेका छन । जिल्लाको खिजिदेम्बा गाउँपालिका ७ स्थित एफोलो हाइड्रोपावर प्रा.ली अन्तरगतको प्रिसाइज हाइड्रो इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिको कम्पाउन्डमा रखिएको सामान गत मंगलबार राती चोरी भएको थियो ।

उक्त चोरीमा संलग्न खिजिदेम्बा ८ का १ नाबलक सहित २६ वर्षिय विमल कार्की र १८ वर्षिय सुरज बिक पक्राउ परेका हुन । चोरी भएको सुचनाको आधारमा स्थानीय र जिल्लाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ बुधबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएको करिब ४ लाख २६ हजार ९ सय बराबरको सामान समेत उनिहरुको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पक्राउ परेका उनिहरुको जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।

तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय ओखलढुंगा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!