• २०८२, २ असार सोमबार
0 COMMENTS

ओखलढुंगा । बिपरित दिशाबाट आउदै गरेको २ वटा मोटरसाइकल एकआपसमा जुध्दा १ जना गम्भीर घाइते भएका छन । आज (बिहीबार) दिउँसो करिब २ बजे तिर जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुमा ओखलढुङगाबाट रुम्जाटार तर्फ जादै गरेको बा ४२ प ५७२८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०७-००१ प ००७४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा बा ४२ प ५७२८ नम्बरको मोटरसाइकल चालक स्थानीय २९ वर्षिय सुवास श्रेष्ठ गम्भीर घाइते भएका छन । उनको घाँटीको हड्डी भाचिएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्वार गरि उपचारकाे लागि सामुदायिक अस्पताल सोब्रु लगिएकोमा थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको छ ।

अर्का मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!