• २०८२, १ श्रावण बिहीबार
0 COMMENTS

ओखलढुंगा । अबिरल वर्षाका कारण जिल्लाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा एक घरमा क्षति पुगेको छ। असार ३० गते (हिजो) बेलुकादेखि परेको अविरल वर्षाका कारण कुमार बहादुर मगरको दुईतले पक्की घरको अगाडिको दलान भासिन गएको र पश्चिमपट्टिको गारो तथा पेटी चर्किन पुगेको प्रहरीले जनाएको छ।

क्षतिको खबर बिहान ७:५० बजे बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारमा प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनास्थल पुगेको थियो। घर बस्न असुरक्षित भएपछि मगर परिवारले घरको सम्पूर्ण सरसामानसहित नजिकैको गोठ घरमा बसाई सरेका छन्।

घटनामा मानवीय क्षति र चौपायामा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!