• २०८२, १ श्रावण बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–११ जाल्पा मन्दिर क्षेत्र नजिकै बोलेरो गाडी दुर्घटना भएको छ। आज (मंगलबार) बिहान करिब ९:२० बजे रमाइलोडाँडाबाट मिलनचोकतर्फ जाँदै गरेको प्र. २–०१–००१ च ००९१ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई करिब ५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँच–मुचुल्का गरेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको र बोलेरो गाडी घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए

तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय ओखलढुंगा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!