ओखलढुंगा । बालबालिका विरुद्धको कसुरमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले केही दिन अघि जिल्लाको चिसङ्खुगढी गाउँपालिका ५ कि ३३ वर्षिया महिला प्रमिला बिश्वकर्मालाइ बालबालिका बिरुद्धको कशुरमा पक्राउ गरेको थियो ।
ती महिला एक १३ वर्षिय किशोरीलाई विभिन्न प्रलोभन देखाई यौन क्रियाकलापका लागि फकाउने, दबाब दिने र धम्काउने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । उक्त महिलालाइ आज (आइतबार) प्रहरीले एक प्रेस बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो ।
प्रहरीका अनुशार ती महिला जिल्ला खेलकुद विकास समिति ओखलढुंगामा कार्यालय सहयोगीका रूपमा कार्यरत रहेकि थिइन । उनीविरुद्धको आरोपमा आवश्यक प्रमाण संकलन गर्दै प्रहरीले पक्राउ गरेको थियो । गत साउन २१ गते जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी मदन केसीले जानकारी दिए ।


