• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा पनि जेन जि पुस्ताले आज (मंगलबार) शान्तिपूर्ण आन्दोलन गरेका छन्। आन्दोलनको क्रममा उनीहरूले बजार परिक्रमा गर्दै विभिन्न नारा जुलुस निकालेका थिए। हातमा पम्प्लेटसहित नाराबाजी गर्दै सडक प्रदर्शनमा उत्रिएका उनीहरूले निर्दोष विद्यार्थीमाथि भएको दमन र हातहत्थाको विरोधमा आवाज उठाएका थिए।

आन्दोलनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार, न्याय सुनिश्चितता, भ्रष्टाचार नियन्त्रण र गैर-जवाफदेही शासन व्यवस्थाविरुद्ध जनचेतना फैलाएका छन्। आन्दोलनको क्रममा प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ।

स्थानीय नागरिकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उपस्थित भएका थिए। उनीहरूले शान्तिपूर्ण तरिकाले समाज परिवर्तनका लागि नयाँ पुस्ताको आवाजलाई समर्थन आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!