• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अघिल्लो कार्यसमिति बैठकबाट अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त नवीन पाँडेलाई एक महिना नपुग्दै बर्खास्ती गर्न माग भएको छ ।

एन्फाको बिहीबार तय भएको दोस्रो कार्यसमिति बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । जसको एक कारण यसअघि ८ असारमा बसेको पहिलो कार्यसमिति बैठकले नियुक्त गरेको पाँडेको बर्खास्ती गर्नुपर्ने माग समेत थियो ।

बिहीबार बैठक स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ पदाधिकारी/सदस्यले पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन बुझाएका थिए । खड्कासँगै उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडासहित ११ जनाले पाँडेलाई बर्खास्ती गर्नुपर्ने पत्रमा हस्ताक्षर गरेका छन् ।

पहिलो बैठक नियम पुरा नगरी बोलाइएको र त्यसमा अन्तर्राष्ट्रिय प्रमुखमा जर्मन नागरिक पाँडेलाई नियुक्त गरिएको निर्णय त्रुटिपूर्ण र विधान विपरीत रहेको निवेदनमा दाबी गरिएको छ । एन्फाले गरेको पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले सदस्यहरुलाई झुक्याई बैठकमा पाँडेको नाम पेश गरी पास गराइएकोले सो निर्णयलाई सच्याई पाउँ भनेर निवेदनमा भनिएको छ ।

अनलाईन खबर डटकम बाट साभार गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!