• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः खिजीदेम्वा गाउँपापलिकाको एम्बुलेन्स लामो समयदेखी बिग्रीएर थन्किएको छ । नागरिकको सेवाका लागी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवा आठ महिनादेखी ठप्प अवस्थामा छ ।

एम्बुलेन्स बिग्रीएर बसेपछि आम नगरिकले स्वास्थ्य उपचरका लागी महंगो रकम खर्चिर गाडी रिजार्भ गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।

केहीअघि प्रसुति बेथा लागेर समस्यामा परेकी खिजीदेम्बा गाउँपालिका ३ का स्थानीय धनमाया झुजेलले एम्बुलेन्स नपाएपछि मंहगो रकम तिरेर गाडी रिजर्भ रहेर उपचारका लागी जिल्ला बाहिर जानु परेको गुनासो गरिन् । उनले गाउँपालिकाको एम्बुलेन्स बिग्रीएको जानकारी आएपछि २३ हजार रुपौया तिरेर उपचारका लागी जिल्ला वाहिर गएको बताईन् ।

गाउँपालिकाले पाँच वर्ष अघि खरिद गरेको एम्बुलेन्स विग्रेर थन्किएपछि उनी जस्ता अन्य नागरिक महंगोमा गाडी रिजर्भ गर्न बाध्य छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले पालिकाको एम्बुलेन्स विग्रेपछि मर्मत नभएको बताए । उनले ८÷९ महिनादेखि एम्बुलेन्स बिग्रेर बसेपछि नयाँ किन्ने प्रकृया शुरु गरिएको जनाए ।

कोरोनाको समयमा धेरै मात्रामा चलेको एम्बुलेन्स बिग्रीएपछि बनाउने भन्दा पनि नयाँ खरिद गर्ने प्रकृयामा गएको बताए । उनले बिग्रीएको एम्बुलेन्सलाई मर्मतमा लाग्ने खर्चले नयाँ आउने भएपछि बिग्रीएको एम्बुलेन्स नबनाउने निणर्यमा पुगीएको प्रतिकृया दिए ।

जसका कारण तत्कालका लागी आम नागरिकले एम्बुलेन्स सेवा पाउन सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!