ओखलढुङ्गाःजिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कृष्ण जन्माष्टमी पर्वको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक सूचना प्रकाशित गर्दै आज सार्वजनिक विदाको दिन पनि सेवाग्राही नागरिकहरुलाई सेवा दिन लागेको जनाएको हो ।
नेपालवाट बैदेशीक रोजगारीका लागि दिनानुदिन युवाहरु विदेशीने क्रम जारि रहेको छ । बैदेशीक रोजगारीमा जानका लागि प्रशासन कार्यालयमा राहदानी पत्र (पासपोर्ट) वनाउनेको भिड लाग्ने गरेको थियो । तर जिल्ला प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको मेसिनमा समस्या आउदा राहदानी वनाउन आउने सेवाग्राही नागरिकहरु समस्यामा परेका थिए ।
तर अहिले उक्त समस्या हल भएको र सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै शुक्रबार (आज) सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गावाट प्रदान हुदै आएको पासपार्ट सम्बन्धिका सबै सेवा प्रदान गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गावाट जारि सूचना अनुसार आज विदाको दिनपनि पासपार्टको फारम भर्ने, ईनरोलमेन्ट गर्ने र बनेर आएका राहदानी सम्बन्धित ब्यक्तिलाई प्रदान गर्ने सम्बन्धि सेवा नियमित हुने जनाएको हो ।