• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: ओखलढुंगाको एक होटलमा खाजा खादाँ बिरामी परेको भन्दै सेवाग्राहीले प्रशासनमा उजुरी दिएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थित मिलनचोकको धनकुटे होटल एण्ड लजमा खाएको खाजाका कारण आफुहरु विरामी परेको भन्दै सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् ।

होटलमा खाजा खाएपछि विरामी परेकाले कानूनी कार्बाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पिडीतको तर्फबाट दुर्गादेवी राजभण्डारीले उजुरी गरेकी हुन् । गत भदौ ३ गते आफू लगायतका पाँच जनाले खाजा खाएको र बेलुकी आफुहरु सबैजना विरामी भएको निवेदनमा उल्लेख छ । विरामी भएपछि विरामी भएका पाँचैजनाले नजिकैको सप्नावती मेडिकल हलमा उपचार गरेको उल्लेख छ ।

उता होटलका सञ्चालक प्रेम भण्डारीले भने आफूले अखाद्य तथा म्याद गुज्रीएको एवम् सडेको खाद्य सामाग्र विक्रि वितरण नगरेको दावी गरेका छन् । पिडित भनीएका उजुरीकर्ता लगायत अरुलाई पनि सोहि चाउमिन र मासुका परिकार दिएको तर अन्य सेवाग्राहीहरुवाट कुनैपनि जानकारी तथा गुनासो नआएको भण्डारीले बताए ।

उहाँहरुले अन्यत्र पनि केही खाद्य पद्धार्थ खाएको हुनसक्ने र त्यसैका कारण उहाँहरुको स्वास्थ्यमा समस्या आएको हुनसक्ने होटलका सञ्चालक भण्डारीको भनाई छ । उता जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले भने उजुरी ढिलागरि प्राप्त भएकोले अनुगमन र कार्बाही प्रकृया अगाडी बढाउन समस्या भएको बताएको छ । ३ गते खाजा खाएर स्वास्थ्यमा समस्या भएपछि ४ गते नै उजुरी आएको भए तत्काल होटलमा पुगेर सो दिन प्रयोग गरिएको खाद्य पद्धार्थ अखाद्य थियो, थिएन भनेर अनुसन्धान गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो ।

उजुरी ढिला गरि प्राप्त भएकोले होटल सञ्चालकलाई झिकाएर छलफल गरिएको तथा प्रशासनमा उजुरी प्राप्त भएको दिन सम्म पिडित भनिएका पक्षले उपचार गराईरहेकोले प्रशासनमा बोलाईएको बेला उपस्थित हुने गरि होटल सञ्चालकलाई पठाईएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।

पिडीत भनिएका उजुरीकर्ताहरुले भदौ ३ गते खाजा खाएर सोहिदिन राति समस्या भएको बताएपनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भने ६ गते मात्र उजुरी दिएका थिए । जिल्ला सदरमुकाम लगायतका विभिन्न बजार क्षेत्रहरुमा म्याद गुज्रीएका तथा अखाद्य पदार्थहरुको विक्रि वितरण भैरहेको स्थानीय नागरिकहरुको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय तथा केहि स्थानीय सरकारहरुले बेलाबेलामा अनुगमन गरेपनि नियन्त्रणमा लिईएको अखाद्य वस्तुहरुलाई नष्ट नगरि एकपटकका लागि भन्दै ति सामाग्री सोहि होटल तथा पसलहरुमा छाड्ने गरेको छ ।

प्रशासनमा दिएको उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!