ओखलढुंगा: बर्खाको पानीले बिग्रीएको ओखलढुंगा –रुम्जाटार सडकखण्डको खाल्डाखुल्डी पुरिएको छ। सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाबाट वडा नम्बर ५ जोड्ने क्षेत्रसम्मको बिगीएको सडकखण्डमा चोकर छापिएको छ ।
वडा नम्बर ११ का वडा अध्यक्ष बिनोद कुमार ताम्राकारको पहलमा बर्खाको पानीले बिग्रीएको सडकखण्डमा चोकर हालेर फिलिङ गरिएको हो । वडा अध्यक्ष ताम्राकारले झिकाएको नगरपालिकाको स्काभेटरमार्फत सडकमा भएको खाल्डाखुल्डी पुरिएको छ ।
लामो समयदेखी भत्किएर जिर्न बनेको तथा बर्खाको पानीले खाल्डाखुल्डी बनेको सडकखण्डलाई नियमित सुचारु गराउन सडकमा चोकर हालेर फिलिङ गरिएको वडा अध्यक्ष ताम्राकारको भनाई छ । दैनिक यात्रा गर्ने नागरिक तथा यातयात ब्यवसायीको सहजताका लागी समेत बाटोलाई मर्मत गरिएको उनले बताए।
यसअघी वडा अध्यक्ष ताम्राकारले चुनावताका पहिलो काम गर्ने घोषणा गरेका सडकखण्डमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत पहिलो चरणमा स्तरउन्नती गराएका छन् ।