ओखलढुंगा : नेपाली काग्रेसले जिल्लाबाट उम्मेदवार सिफारिस गरेका छन् । गठबन्धनमा रहेका मुख्य नेपाली कांग्रेसले संघ, प्रदेश तथा समानुपातिकमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्ने निणर्य गरेका हुन् ।
सिफारीस गरिएका उम्द्धवारमध्ये संघ तर्फ केन्द्रिय सदस्य तथा पूर्व जिल्ला सभापति प्रदिप कुमार सुनुवार, केन्द्रिय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस गरेको छ ।
प्रदेश तर्फ क मा प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्री दाहाल, टेकराज भट्टराई बेदबहादुर रोका लगायत १४ जना नेताहरु छन् । त्यस्तै प्रदेश ख मा प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्र अधिकारी, अजय लुईटेल लगायत ७ जना नेताहरुको नाम सिफारिस भएको छ । जिल्ला कार्य समिति बैठकले उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरिएको केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवारले जानकारी दिए ।
समानुपातिकमा संघतर्फ महेश कोर्मोचा, गोमा केशी र बाला अधिकारी, डेकराज भट्टराई र हेमालक्षी राई छन् । प्रदेशतर्फ तिर्थ राज थापा, पेम निमा शेर्पा, हेमालक्षी राई लगायत १२ जना र प्रदेश ख सविता राई, कुमार श्रेष्ठ, लेखबहादुर राई लगायत १२ जना नेताहरु सिफारिस गरिएका छन् ।
उम्मेदवार सिफारिस गरिएसंगै नेताहरु गाउँगाउँ पस्न थालेका छन् ।