• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा:रमाईलोडाँडामा ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडमा गाडी ब्याक गर्ने क्रममा ना २ ख ८७७९ नम्बरको ट्रकले ठक्कर दिदाँ सख्त घाईते भएका बिगुटार सुर्केका फुरी शेर्पाको उचारका लागी लानेक्रममा बाटोमै ज्यान भएको हो ।

बिहिबार बिहान ट्रकको ठक्करबाट गम्भिर घाईते भएका शेर्पालाई उपचारका लागी ओखलढुंगा सामुदायीक अस्पतालमा लागीएको र त्याहाँ समान्य उपचारपछि थप उपचारका लागी अस्पतालले काठमाण्डौ रेफर गरेको थियो । तर उनको उपचारका लागी लाने क्रममा बाटोमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख सुकदेव खनालले जानकारी दिए ।

मृतक शेर्पा बाटोमा मागेर खाने गरेका थिए । परिवार र उमेर समेत पहिचान नभएकाले उनको परिवारको खोजी भैरहेको प्रहरी प्रमुख खनालको भनाई छ । मृत शवलाई जिल्ला अस्पताल रुम्जाटारको शव गृहमा राखिएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका राजकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!