• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा पनि डेगुं संक्रमण फलिँदै गएको छ । गत श्रावण देखी हालसम्म २३ जनामा डेगुं देखिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुशार गत असोज १ गतेदेखी आज (मंगलबार) सम्म मात्रै थप ६ जनामा डेगुं पुष्टी भएको छ ।

स्वास्थ्यमा समस्या आएर विभिन्न अस्पतालमा उपचारका लागि गएकाहरुको परिक्षण गर्दा आजसम्म २३ जनामा डेगुं देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । हालसम्म जम्मा संक्रमित भएका मध्ये सिद्धिचरण नगरपालिकाका मात्रै ६ महिला सहित १६ जना रहेका छन ।

त्यस्तै मोलुङका १ महिला सहित ४ जना, चम्पादेवीका १ जना पुरुष र मानेभञ्ज्याङका १ जना महिला रहेका छन ।संक्रमित भएका मध्ये १८ जना निको भैसकेका छन भने अन्य ५ जनाले उपचार गराईरहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!