• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । किरात राई यायोक्खा जिल्ला कार्य समिती ओखलढुंगाको किरात राई जातीको मुन्धुमी संस्कृतीमा आधारित परम्परागत सामुहिक भवन (तुम्लो खिम) निर्माण सम्पन्न भएको छ । झन्डै १५ लाख रुपैयाँको लागतमा जिल्ला स्थित सिद्धिचरण नगरपालिका ११ कालिकास्थानमा भवन निर्माण सम्पन्न भएको हो ।

नव निर्मित भवनको सोमबार एक कार्यक्रमका बिच २ चरणमा समुद्घाटन गरिएको छ । पहिलो चरणमा भवनको किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवश राईले रिबन काटेर उद्घाटन गरेका थिए । त्यसपछि किरात राईको परम्परा अनुशार विधिवत रुपमा पुजा गरेर समुद्घाटन गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समितीका अध्यक्ष थगेन्द्रराज राईले जानकारी दिए । कार्यक्रममा परम्परा अनुशार विभिन्न सांस्कृतिक प्रस्तुती समेत दिईएको थियो ।

समुद्घाटन कार्यक्रममा अध्यक्ष राईले आफ्नो भनाई राख्दै मौलिक सभ्यता र परम्पराको जगेर्ना गर्ने उदेश्यले भवन निर्माण गरिएको बताए । नयाँ भवनबाट बढ्दो आधुनिकीकरण संगै अबको पुस्तालाई किरात राई जातिको मौलिकतामा आधारित मुन्धुमी घरहरु कस्तो हुन्थ्यो भन्ने लागेको अवस्थामा, कालान्तर सम्म यस तुम्लो खिम ले मौलिकता लाई जीवन्त राख्न केहि हद सम्म मद्दत पुग्ने उनको भनाई छ ।

त्यस्तै अहिले सम्म भाडाको कोठामा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्थाबाट उन्मुक्ति मिल्ने भन्दै राईले भवनमै हरेक बर्ष मंसीर पुर्णिमा शुक्ल पक्ष वा किरातीहरुको उधौली र बैशाखे पुर्णिमा शुक्ल पक्ष तिथि उभौलीमा मुन्धुमी सस्कृति अनुसार सामुहिक चुलो पुजा समेत गरिने जानकारी दिए ।

किरात राई जातिको संस्कार सस्कृति जोगाउन यति मात्रै पर्याप्त नभए पनि यो सुरुवात भएको उनको भनाई थियो । तुम्लो खिम निर्माण सम्पन्न पश्चात समग्र ओखलढुंगा जिल्लामा बसोबास गरिरहेका सिंगो राई हरुको गौरब बढेको अध्यक्ष राईले बताए ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष राईसहित मानेभञ्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनाल, विभिन्न राजनैतिक दल, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

यायोक्खा अध्यक्षमा पुन थगेन्द्र

किरात राई यायोक्खा जिल्ला कार्य समितीको अध्यक्षमा पुन थगेन्द्रराज राई चयन भएका छन । समितीको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईलाई चयन गरेको हो । राई यसअघि पनि समितीको अध्यक्ष पदमा थिए ।

अधिवेशनले समितीको उपाध्यक्षमा जानुका राई, सचिवमा ताराहाङ राई, सह–सचिवमा कविराज राई र कोषाध्यक्षमा विनिता राईलाई चयन गरेको छ ।

त्यस्तै बुद्धिराज राईको संयोजकत्वमा ५ सदसिय सल्लाहकार समिती चयन गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती ओखलढुंगाले जनाएको छ ।

यस अघि मानेभञ्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!