• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप | नेपाल बिद्यार्थी संघ रामेछापले आसन्न निर्वाचनलाई सफल बनाउन बिद्यार्थी परिचालन गर्ने भएको छ । संघको सनिबार मन्थलीमा भएको भेलाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन लक्षित युवा बिद्यार्थी परिचालन गर्ने निर्णय भएको हो ।

निर्वाचनमा गठबन्धनका उमेद्धवारलाई बिजयी गराउन बिद्यार्थी परिचालन गर्ने निर्णय गरिएको नेपाल बिद्यार्थी संघ रामेछापका उपसभापति विमल पौडेलले जानकारी दिए । निर्वाचनको समयमा बदर आउने मतको संख्यालाई घटाउन गाउँगाउँबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने,प्रचारप्रसार गर्ने र निर्वाचनको समयमा बुथ सुरक्षाका लागी युवा परिचालन गर्ने समेत जनाएको छ ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग गर्न उपसभापती पौडेलले बिद्यार्थीहरुलाई आग्रह समेत गरे । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधी सभाको सदस्य तर्फ पूर्णबहादुर तामाङ(कान्छाराम), प्रदेशसभा (क) तर्फ तारानारायण श्रेष्ठ र प्रदेशसभा (ख) तर्फ युवराज चौलागाई चुनावी मैदानमा छन् ।

नेबिसंघले यी उम्मेद्धवारलाई पुर्ण रुपले सहयोग गर्ने समेत जनाएको छ । साथै नेविसंघले आसन्न निर्वाचनपछि जिल्लामा संगठन बिस्तारलाई तिब्रता दिदै जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!