• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले विशेष गरी कृषी क्षेत्रको सुधार र युवालाई स्वदेशमै रोजगारी दिने जस्ता नीति निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताएकी छन । आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकमात्र उम्मेदवार रहेकी कार्कीले आज (शुक्रबार) जिल्ला स्थित सञ्चारकर्मीहरु संग अन्र्तरक्रिया गर्दै यस्तो बताएकी हुन ।

सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले नेपालमा ८० प्रतिसत नागरीक कृषी क्षेत्रमा निर्भर रहेको भनिरहँदा छिमेकी मुलुक भारतबाट निर्यात हुने कुहिएको चामल खाईरहनु परेको बाध्यात्मक परिस्थिती रहेको भन्दै उनले स्वदेशमै कृषीलाई थप आधुनिकीकरण गरेर उत्पादन बढाउन सके रोजगारीका लागि विदेशिनु नपर्ने बताईन ।

जसका लागि एक जनाले मात्रै प्रयास गरेर सम्भव नहुने हुँदा राज्य स्तरबाटै नीति निर्माण हुन आवश्यक रहेकाले नीति निर्माणका लागि आफुले उम्मेदवारी दिएको बताईन । आफु निर्वाचि भए कृषी, शिक्षा, स्वास्थ्य, यातायात र राजमार्ग, उद्योग र रोजगारी, पर्यटन, कला तथा खेलकुद क्षेत्रको विकासका लागि पहल गर्ने बताईन ।

कृषीबाटै नागरीकलाई आत्मनिर्भर बनाउन कृषकले उब्जाएको उत्पादनलाई उचित बजार व्यवस्थापनमा ध्यान दिने तथा प्रत्येक पालिकामा पायक पर्ने स्थानमा साझा कोल्ड स्टोरको निर्माण गर्ने, जिल्लाका प्रत्येक कलेज तथा विद्यालयमा उच्च गतिको निःशुल्क इन्टरनेट सुविधासहित शिक्षालाई कम्प्युटर प्रणालीमा आवद्ध गरि प्रविधिमैत्री बनाइने,प्रत्येक गाउँ पालिकामा हाल स्नातकसम्म अध्यापन भइरहेका कलेजहरूमा स्नातकोत्तरसम्म शिक्षा दिने व्यवस्था मिलाइनेजस्ता आप्mना एजेण्डाहरु रहेको उनले बताईन ।

त्यस्तै प्रत्येक पालिकामा २४ घण्टा निशुल्क सार्वजनिक एम्वुलेन्सको व्यवस्था गर्ने,लिखु, मोलुङ र दुधकोशीमा सम्भाव्यता अध्ययन भएका जलविद्युत आयोजनाहरूको डीपीआर तयार गरि आयोजनाहरू अगाडि बढाइने,गाउँमै उत्पादन र रोजगारी सिर्जनाको लागि संसद कोष तथा मन्त्रालयबाट बजेट व्यवस्था गरि प्रत्येक गाउँ पालिकामा एउटा औद्योगिक क्षेत्र स्थापना गरिने, ओखलढुंगा भएर बग्ने नदीहरुमा ¥याफटिङको सम्भाव्यता अध्ययन र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन पहल गरिने उनले बताईन ।

स्वदेशी श्रोत साधन प्रयोग गरेर देशभित्रै उद्योग व्यवसाय सञ्चालन गर्दै आएकी उम्मेदवार कार्की २०५३ सालदेखी राजनितीमा समेत सक्रिय छिन । नेपालको लामो ईतिहासमा व्यवस्था धेरै फेरिए पनि अवस्था उस्तै रहेकाले नागरीकले महशुस गर्ने गरी अवस्था फेर्ने पार्टीको नीतिकै कारण आफुले पार्टी प्रवेश गरेर उम्मेदवारी दिएको समेत कार्कीको भनाई थियो ।

जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै आधिकारीक संगठन विस्तार नभएको भएपनि जिल्लाका १५० भन्दा बढीले पार्टी सदस्यता लिएको पार्टीका जिल्ला प्रतिनिधी कृष्णबहादुर थापाले जानकारी दिए । चुनाव पछि जिल्लामा संगठन विस्तारको काम समेत थालिने भन्दै उनले पार्टीमा कार्यकता निर्माण गर्दा झोला बोक्ने मात्र नभई पहिले उसलाई आफैमा सक्षम बनाउने र अनि मात्रै पार्टीको आधिरीकता सुम्पिने पार्टीले निर्णय गरेको उनले बताए ।

पार्टीमा आवद्ध युवारुहलाई विज्ञहरुको सल्लाह सुझाव सहित सिपमुलक तालिम दिएर रोजीरोटीका लागि सक्षम बनाईने समेत उनको भनाई थियो ।

यस्तो छ कार्कीको चुनावी प्रतिवद्धतापत्र ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!