रामेछापमा बेलुका ८ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षमा कात्तिक ३ गते बसेको जिल्ला सुरक्षा समितीको बैठकले बेलुका ८ बजेपछि जिल्लामा देउसी भैलो खेल्न प्रतिबन्ध लागाउने निर्णय गरेको हो ।
शान्ति सुरक्षाको दृष्टिकोणले यसपछिको समय असुरक्षित मानिएकाले रातको समयमा हुने देउसी भैलो कार्यक्रमलाई रोक लगाउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।
सामाजिक परम्परा बोकेको चार्डवाडले रातको समयमा समाजिक सत्भाव भन्दा पनि संभावित दुर्घटना निम्त्याउन सक्ने भएकाले सावधानी अपनउन यस्तो निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभयो । यस वाहेक जिल्लाका बजार तथा ग्रामीण क्षत्रमा दिपावली र छटपर्वको समयमा बेलुका ८ बजेपछि मदिरा तथा मदिराजन्य बस्तुको बिक्रि बिरणमा समेत रोक लगइएको छ ।
जिल्ला सुरक्षा समितीको निर्णयअनुसार बेलुका ८ बजेपछि होटल तथा पसल ब्यवसायबाट मदिराजन्य पदार्थ बिक्रि बितरण गर्न नपाईने भएको हो ।
यदी समितीको निणर्य बिपरित कार्य गरेको पाईए आवश्यक कानुन बमोजिम जरिवना गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।