जिल्ला प्रहरी कार्यालय रामेछापले चाडवार्ड लक्षित सुरक्षा कार्य योजना तयार पारेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली,नेपाल सम्वत र छठ पर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न प्रहरी सुरक्षा कार्य योजना तयार पारेको हो ।
नेपाल प्रहरीले शसस्त्र प्रहरी बल नेपालसंगको समन्वयमा चार्डवाड लक्षित सुरक्षा योनजा अघि सारेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजु प्रसाद ढकालका अनुसार सुरक्षा योजनामा गस्ती पट्रोलिङ गर्ने र संकास्पद स्थानहरुमा निगरानी बढाउने तयारी गरिएको छ ।
सादा तथा प्रहरी पोशाकमा खटिएको प्रहरी टोलीले प्रयोग गर्न प्रतिबन्ध लगाएको पटका, भुईचम्पा, आतसबाजी जस्ता प्रज्वलनशिल तथा विष्फोटक बस्तुहरुको उत्पादन, ओसारपसार बिक्रिवितरण तथा प्रयोग भए नभएको बारे सुस्म निरिक्षण गर्नेछ । यसवोहक जुवातास लगायत कानुनले निषेध गरेका कुनै पनि प्रकारका कार्य गरे गराएमा नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक तथा सुचना अधिकारी ढकालले बताउनुभयो ।
साथै बजारक्षत्रको निरन्तर अनुगमन गर्ने र अनुगमनका क्रममा अखाध्य बस्तुको उत्पादन तथा बिक्रि वितरणको कडा निगराण बढाईने कार्यालयले जनाएको छ । चाडवार्डको समयमा जिल्ला प्रवेश गर्ने नाकाहरुमा समेत थप निगरानी बढाउने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
।