• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्गत १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा गठबन्धन तर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडा भारी मतले विजयी भएका छन । आफ्ना निकटतम प्रतिद्धद्वन्दी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतको फराकिलो मतान्तरले हराउँदै उनी विजेता बनेका हुन ।

विजयी खतिवडाले ३३ हजार ५ सय ५६ मत ल्याउँदा सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि २ पटक सांसद भैसकेका छन भने खतिवडा पूर्व संविधान सभा सदस्य समेत हुन ।

यसअघि २०७४ को निर्वाचनमा उनै खतिवडालाई सुनुवारले ५ हजार भन्दा बढी मतान्तरले हराएका थिए । त्यसबेला जिल्लामा नेकपा एमालेले माओवादी केन्द्र संग गठबन्धन गरेर चुनाव लडेको थियो भने कांग्रेस एक्लै चुनावी मैदानमा थियो ।

यसपटक त्यसको ठीक बिपरित कांग्रेसले माओवादी संग गठबन्धन गर्दा एमाले एक्लै प्रतिष्पर्धामा थियो । प्रतिनिधि सभामा कांग्रेसले जित हासिल गरेसंगै जिल्लाको २ प्रदेश सभा र १ प्रतिनिधी गरी ३ वटै स्थान गठबन्धनले हात पारेको छ ।

१ लाख १७ हजार ८ सय ९७ कुल मतदाता रहेको ओखलढुंगामा ६४ हजार ९ सय ९२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!