• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले समुन्नत र समृद्ध ओखलढुंगा बनाउन आफ्नो पहल रहने बताएका छन । आम निर्वाचन २०७९ अन्तर्रगत आज (बुधबार) अन्तीम मत परिणाम आएसंगै भारी मतान्तरले निर्वाचित भएका खतिवडाले निर्वाचित भएलगत्तै पत्रकारहरुलाई आफ्नो प्रतिक्रिया दिँदै यस्तो बताएका हुन ।

लोकतन्त्रप्रति पैदा भैरहेको अविश्वासलाई अन्त्य गर्दै आम जनताको मन जितेर आगामी दिनमा सहजतापूर्वक अगाडी बढ्ने आप्mनो लक्ष्य रहेको उनले बताए । “म हिजो कुनै पार्टीको तर्फबाट उम्मेदवार थिएँ आज सम्पूर्ण ओखलढुंगा जिल्लाको प्रतिनिधीको रुपमा आएको छु, जिल्लाबासीले जसरी मलाई आफ्नो अमुल्य मत दिएर जिताउनु भयो म यो जीत सम्पूर्ण ओलढुंगाको भएको आभास दिलाउन चाहन्छु” उनले भने ।

पार्टी र जाती भन्दा माथी उठेर राजनीति भनेको एउटा यस्तो पेशा हो जुन पेशामा नेताहरु जनताको सेवामा लाग्छन भन्ने प्रमाणित गर्न आफुले चाहेको उनको भनाई थियो । देशभरीका सबै साथी (सांसद) हरुसंग समन्वय गरेर जनता र सरकार बिचको दुरीलाई कम गर्न समेत आफ्नो प्रयास रहने खतिवडाले बताए ।

अहिलेको युग प्रविधि तर्फ उन्मुख भैरहेकाले समय संगै राजनीति,नेतृत्व र नेताहरु पनि परिवर्तण हुनुपर्छ भन्ने पक्षमा आफु रहेको उनको प्रतिक्रिया थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!