रामेछाप : प्रदेशसभा क मा माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । शुक्रबार बिहान सकिएको प्रदेशसभा क को अन्तिम नतिजा अनुसार श्रेष्ठले नेकपा एमालेका उमेदवार शान्ति प्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् ।
श्रेष्ठले कुल १७ हजार १ सय ४८ मत प्राप्त गरेरका छन् भने उहाका निकटतम प्रतिद्वन्दी एमालेका पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् ।
निर्वाचन अयोगले पनि उनलाई विजयी घोषणा गरिसकेको छ ।