• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट निर्वाचित जिल्लाका प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) कार्यालयमै एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरेको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत टिकाराम आचार्यले जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडा, प्रदेश सभा निर्वाचन क्षेत्र नं. (१) मा निर्वाचित गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार र क्षेत्र नं. (२) बाट निर्वाचित गठबन्धनकै अर्का साझा उम्मेदवार माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्वाचित प्रमाणपत्र बितरण गरे ।

कार्यक्रममा निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुले जिल्लाबासीले आफुहरुलाई दिएको अमुल्य मतको कदर गर्दै जिल्लाको दिगो विकासका लागि आ–आफ्नो क्षेत्रबाट लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिनिधि सभामा कांग्रेसका खतिवडा ३३ हजार ५ सय ५६ मतका साथ निर्वाचित भएका थिए । त्यस्तै प्रदेश सभा क्षेत्र नं. (१) मा कांग्रेसकै सुनुवार १४ हजार ९ सय १६ र क्षेत्र नं. (२) मा माओवादी केन्द्रका गौतम १५ हजार ७ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!