ओखलढुंगा । आफ्नै घरको भ¥याङबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडाका स्थानीय ७७ बर्षिय बिर्खबहादुर मगर को मृत्यु भएको हो ।
आज (बिहीबार) दिउँसो करिब १ बजेतिर घरकै भ¥याङबाट ओर्लिने क्रममा उनि चिप्लियर लड्दा गम्भीर घाईते भएका थिए । घाईते मगरको तत्काल उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पु¥याईएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनको दिउँसो ३ ः४० बजेतिर मृत्यु भएको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।