• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप:मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयरसदस्यलाई क्युआर कोर्डमार्फत आफ्नो खातामा सिधै रकम जम्मा गर्नसक्ने ब्यवस्था मिलाएको छ । सहकारीले आफ्ना शेयरसदस्यको खातामा सिधै रकम जम्मा गर्न क्युआर कोर्ड बितरण सुरु गरेको हो ।

बिहिबारबाट बितरण सुरु गरेको सहकरी संस्थाले शुक्रबार पनि क्युआर कोर्ड सदस्यहरुको घरघरमै पुगेर बितरण गरेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेश उदाशले जानकारी दिनुभयो । शेयर सदस्यका लागी सरल तथा प्रबिधियुक्त सेवा प्रदानगर्न खातावाला शेयरसदस्यको ब्यक्तीगत क्युआर कोर्ड बनाएर बितरण गरिएको उहाँको भनाई छ ।

आफ्नो सदस्यसंख्या बिस्तार गर्दै लगेको सहकारीमा हाल ८ हजार ३ सय बढी शेयर सदस्य आवद्ध रहेका छन् । मन्थली नगरपालिका,रामेछाप नगरपालिका,खाँडादेबी र लिखु तामाकोशी गाउँपालिकाको ३९ वडामा सेवा बिस्तार गरेको सहकारीले आगामी दिनमा जिल्लाको सबै क्षेत्रलाई समेट्ने लक्ष्य राखेको छ ।

हाल सहकारीको जम्मा सम्पती ५९ करोड , शेयर पुजी ४ करोड ५२ लाख रुपैया र बचत रकम ३४ करोड रुपौया रहेको छ । सहकारीको जगेडा कोष ६ करोडको रहेको सहकारी ब्यवस्थापक उदाशको भनाई छ ।

यसअघी सहकारीले सदरमुकामको बसपार्कमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!