रामेछाप: मन्थली नगरपालिका ९ पुरानागाँउले पाँच महिनामा पौने दुई लाख रुपौया बढी राजश्व संकलन गरेको छ । वडा वडा कार्यालयले चालु आर्थीक बर्षको साउन देखी मंसिर महिना सम्मको अवधीमा एक लाख ८० हजार रुपौया राजश्व संकलन गरको हो ।
उक्त वडाले अघिल्लो आर्थीक बर्षमा १ लाख ४६ हजार रुपौया मात्रै राजश्व संकलन गरेको थियो । वडा सचिव रामहरी अधिकारीका अनुसार अघिल्लो आर्थीक बर्ष २०७८÷०७९ मा उठेको राजश्व रकम भन्दा झन्डै ३६ हजार रुपौया बढी राजश्व रकम पाँच महिनाको अवधीमा संकलन गर्न सफल भएको छ ।
वडा कार्यलयबाट हुने कार्यलयको प्रशासकिन कार्यहरु चिठ्ठि चलानी,पञ्जिकरण दर्ता,आयस्रोत प्रमाणित तथा घरजग्गा कारोबार लगायतका शिर्षकबाट राजश्व रकम संकलन भएको वडा सचिब अधिकारीको भनाई छ । वडापालिकाबाट हुने नियमित प्रशासनिक काम कारवाहीबाट संकलन हुदै आएको राजश्व रकमलाई ब्यवस्थीत तथा पारदर्शी गरिएकाले राजश्व रकममा बृद्धी भएको वडा पालिकाको भनाई छ ।
यस आर्थीक बर्षमा करिब ३ लाख रुपौया बढी राजश्व रकम संकलन गर्ने लक्ष्य राखेको वडा कार्यलयले ब्यक्तिगत घटना दर्ता तथा पञ्ञिकरण अभिलेखलाई ब्यवस्थीत गर्ने गरी काम गरिहेको छ । हाल वडा सचिवले कार्यलय सञ्चालन गर्दै आएको वडामा दरबन्दी अनुसारको कर्मचारी नहुदा प्रशासनिक काममा भने कठिनाई भएको छ ।
वडामा कर्मचारी ब्यवस्थापन अन्यौल
मन्थली नगरपालिले पालिकाका १४ वटै वडामा कम्प्युटर अपरेटर राख्ने निणर्य सहित गत साउन महिनाबाटै बजेट समेत बिनियोजन गरिसकेको छ । तर चालु आर्थीक बर्षको ६ महिना बितिसक्दा समेत कर्मचारी ब्यवस्थापन हुन सकेको छैन । नगरपालिकाका प्रमुख लव श्रेष्ठले बारम्बार प्रत्येक वडा तहमा कम्प्युटर अपरेटर ब्यवस्थापन गर्ने बताएपनि हालसम्म दखास्त माग समेत गरिएको छैन ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाको निती तथा कार्यक्रममा वडा तहको कर्मचारी ब्यवस्थापनको बिषय समावेश गरिएको प्रतिकृया दिनुभयो । तर कर्मचारी ब्यवस्थापनका लागी प्रर्याप्त बजेट नहुदाँ समस्या भएको बताउनुभयो ।
उहाँले यसै महिनाभित्र तत्काल आवश्यक परेको वडा तहमा कम्प्युटर अपरेटर सहितको कर्मचारी ब्यवस्थापन गर्ने बताउनुभएको छ ।