• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारी दादागिरी शैलीमा सेवाग्राहीसंग प्रस्तुत हुने गरेका छन् । कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई थर्काउने तथा हप्काउने शैलीमा कर्मचारी प्रस्तुत हुने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रत्येक सरकारी कार्यलयमा मुस्कान सहितको सेवा भनिएपनि केही कर्मचारीको ब्यवहारका कारण सेवाग्राहीहरु खिन्नताबोध गर्दै फर्कनुपर्ने अवस्था छ । पासपोर्टको फोटो खिचाउन टाढाबाट आएका एक सेवाग्राहीले लामो समयपछि बल्ल पालो कुरेर सेवा लिने अवसर पाएपनि कर्मचारीको बोल्ने शैली देखेर नरमाईलो लागेको बताए।

नाम नबताउने सर्तमा उनले भने “मुख लागौ भने काम नगर्देलान् भन्ने डर,चुप लागेर बस्नु बाहेक केही छैन” । कर्मचारीहरु नागरिकका सेवक हुन। उनीहरुले नागरिक तहबाटै तिरिएका करको रकमबाटै तलवभत्ता खाने गरेका छन् । तर केही कर्मचारीको ब्यवहारका कारण सिंगो कर्मचारी तन्त्रै नै मुछिनुपर्ने अवस्था छ । “भित्र आएपछि ढोका थुन्नु पर्दैन,बाहिर पढेन, लेखेको छ त ?यहाँ बसीरहन आको हो?यो कागज लिएर खुरुखुरु जानुन् भनेर झर्किन्छन् । यही कुरा पनि नम्र भएर हास्दै भने त भैलाल्छ नी ।”अर्का सेवाग्रीले भने ।

कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई खुशी पार्नु कर्मचारीको कला हो । सेवा लिन आउने सेवाग्राही र कर्मचारीबिचको हार्दिकता उनीहरुको बोलीबचनबाट झल्किन्छ । कुनै कार्यलयमा कर्मचारीहरुको रुखो बोलीबचनका कारण सेवाग्राहीहरु उक्त फाँटमा जानै नपरे हुन्थ्यो भन्ने सम्मका कुरा गर्छन ।

तर प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सेवाग्राहीलाई चौबिसै घन्टा मुस्कान सहितको सेवा दिईरहेको बताउछन् । उनले कर्मचारीहरु नागरिकको सेवक भएको भन्दै नागरिकको सेवामा लागेका कर्मचारीको धर्म उनीहरुसंगको ब्यवहार समेत रहेको बताउँछन् । आफ्नो कार्यलयमा कर्मचारीतहबाट उनीहरुको कार्यशैली र ब्यवहारलाई लिएर कुनैपनि गुनासो नआएको प्रजिअ रेग्मीको भनाई छ ।

आम सेवाग्राहीलाई सेवाका क्रममा भोग्नुपरेको समस्या तथा गुनासो भए सिधै आफुलाई सम्पर्क गर्न आग्रह गरे । उनले त्यस्ता कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!