रामेछाप: उमाकुण्ड गाउँपालिका ७ चिलाउनेका लाल बाहादुर सुनुवरले ७० बर्षमा नागरिकता पाएका छन् । ७० बर्षिय बृद्ध सुनुवारले पहिलो पटक नागरिकता पाएपछि खुशी ब्यक्त गरे ।
उनले लामो समयको प्रयासपछि नागरिकता पाएकोमा खुशी लागेको प्रतिकृया दिए । आजभन्दा ५० बर्ष अगाडी ईन्डिया पुगेका सुनुवार साहुको घरमा कमलरीको रुपमा बस्दै आएका थिए । बिहान बेलुका छाक टार्न साहुको घरमा गोठालो बस्दै आएका सुनुवारको श्रीमती सहित चार छोरा छोरी छन् ।
दुबै दम्पतीको अहिलेसम्म नागरिकता नबनाएपनि छोरा छोरीको जन्मदर्ता तथा नागरिकता लगायत परिचयपत्रका लागी बाबु आमाको नागरिकता अनिवार्य चाहिने भएकाले उनी नागरिकता बनाउन कस्सिएका हुन् । उमाकुण्ड गाउँपालिका ७ चिलाउनेमा घरजग्गा समेत नभएका सुुनुवारले अब भने दाजुभईसंग अंश लिएर यतै बस्ने सुर कसेका छन् ।
उनले नागरिकताका लागी वडाको सिफारीस,प्रहरी मुचुल्का लगायत कागजी प्रकृया पुर्याउनै दुई महिना भन्दा बढी समय लागेको बताए । अहिले रामेछापबाट बगमती प्रदेशका माननिय सांसद तारानाराण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी लगायतको सहयोगमा नागरिकता पाएको भन्दै सुनुवारले खुशी ब्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले लामो समय ईन्डिया बसेर आएकाले उतैको परिचय खुल्ने कागजात भए नभएको एकिन गरी सनाखत गरी प्रकृयागत रुपमा नागरिकता दिन ढिलाई भएको बताए । बगमती प्रदेशका माननिय सांसद तारानाराण श्रेष्ठले पनि दुख पाएका नगारिकले आफुलाई सम्झिने गरेको र सकेको सहयोग आफ्नो तर्फबाट गर्ने प्रतिबद्धता समेत जनाए ।
निज सुनुवारलाई नागरिकता दिलाउन संसाद श्रेष्ठले समेत सनाखतका लागी हस्ताक्षर गरेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापमा जिवनको जेष्ठ उमेरमा नागरिकता बनाउने ब्यक्तीहरु छिटफुट रुपमा आउने गरेको जनाएको छ ।