• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ओखलढुंगाबाट धरान तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएका छन भने ३ को अवस्था गम्भीर छ । आज (बुधबार) विहान झन्डै ११ः४० बजेको समयमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ हिलेपानी स्थित सिद्धिचरण लोकमार्गमा गाडी दुर्घटना भएको हो ।

चालक सहित १४ जना सवार १–०१–००७ ज ००१५ नम्बरको उक्त फोर्स गाडी सडकमा कुदिरहेको अवस्थामा अचानक अनियन्त्रित भई सडककै भित्तातिर ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि झापाको गौरादह नपा ७ का ४४ बर्षिय रेवतीप्रसाद धमला, चिसंखुगढी गाउँपालिका १ का ४५ बर्षिया नैनाकुमारी खड्का र चिसंखुगढी ३ का २४ बर्षिय चालक खगेन्द्रकुमार घिमिरे गम्भीर घाईते भएका छन ।

उनिहरुको अनुहार,टाउको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको बताईएको छ । त्यस्तै अन्य घाईतेहरुमा सिनपा ४ का ३ बर्षिय युवराज कट्वाल, सोहि ठाउँमा ६० बर्षिय जितबहादुर कट्वाल, चिसंखुगढी गाउँपालिका ६ का ६२ बर्षिया ईन्द्रकुमारी खड्का र सोहि ठाउँका ६२ बर्षिय गोविन्दबहादुर खड्का रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईतेहरुको उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मी स्थित आस्था अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुशार गाडीमा सवार अन्यको अवस्था भने सामान्य रहेको छ । घटना बारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तस्बीर सौजन्य ः जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!