• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित स्थानीय शिव मन्दिरमा पुजा गर्न गएका दलितलाई मन्दिर प्रवेशमा अवरोध सिर्जना गरिएको पाईएको छ । आज (शनिबार) बिहान महाशिवरात्रीको अवशरमा पुजा गर्न गएका उनिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका स्थानीय लक्ष्मण गुरुङ लगायतका व्यक्तिले मन्दिर प्रवेशमा अवरोध सिर्जना गरेका हुन ।

वर्षौँ देखि सोहि स्थानमा पुजा गर्दै आएका उनिहरुले आज आफुहरुलाई ‘बाहिरबाटै पुजा गरेर जाओ, भित्र पस्न पाईँदैन’ भन्दै मन्दिर प्रवेश गर्न नदिईएको बताएका छन । गुरुङले तिमिहरु मन्दिर प्रवेश गर्न पाउँदैनौ भन्दै कहिले मन्दिरको गेट लगाईदिने, कहिले ढोकामा हातले छेकेर बस्ने र कहिले पछाडीबाट तान्ने जस्ता दुव्र्यवहार गरेको स्थानीय प्रेमकुमारी बिकले बताईन ।

मन्दिर प्रवेशमा रोक लगाएपछि लाईनमा बसेका केहि दलितहरु बाहिरबाटै पुजा गरेर फर्किएका थिए भने कोहि त्यसै फर्किएका थिए । नजिकै सुरक्षाकर्मी भएपनि यो विषयमा उनिहरुले कुनै प्रतिक्रिया नदिएको उनिहरुको आरोप छ । यसैक्रममा पुजा गर्न जबरजस्ती मन्दिर प्रवेश गरेकी एकजना दलित महिलालाई भने गुरुङले बाहिरबाटै ताला लगाईदिएर भागेका थिए । घटनाको विषयमा आफुहरुले मिडियालाई जानकारी दिने बताएपछि अर्का ब्यक्ति आएर ताला खोलिदिएको उनिहरुले बताएका छन ।

२१ औँ शताब्दीमा पनि आफुहरुलाई यस्तो अमानविय व्यबहार गरेको र आफुहरु अन्यायमा परेको भन्दै उनिहरुले मिडियालाई गुहारेका छन । यस विषयमा आफुहरुले प्रहरीलाई समेत मौखिक जानकारी गराईएको अर्की स्थानीय मन्दिरा बिकले बताईन ।

गुरुङले भने यो विषय खासै ठुलो नभएको भन्दै आफ्नो बचाउँ गरे । मन्दिरको पुजारीलाई जुठो परेकाले पुजारीकै भनाई अनुशार आफुले यसरी (बाहिरबाटै) पुजा गर्नुपर्छ भनेको उनले प्रतिक्रिया दिएका छन । बाहिरबाट ताला लगाईएको विषयमा पनि उनले केहि हैन भनेर टारे ।

यता जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपकबहादुर केसीले भने पुजा गर्न अवरोध गरिएको भनेर आफुलाई पनि जानकारी आएको तर ताला नै लगाईदिएको भन्ने चाँहि नसुनेको बताए । कानुनले समेत यस्ता कुरालाई बर्जित गरेको र देशका कुनै पनि मन्दिरमा यस्तो ब्यवस्था (दलितलाई मन्दिर प्रवेश गर्न नदिईने) नरहेको भन्दै समस्याका विषयमा स्थानीय जनप्रतिनिधीहरु संग समेत समन्वय गरेर उनिहरुलाई पुन बिना अबरोध पुजा गर्ने व्यवस्था मिलाईएको र उनिहरुले पुजा गरेरै फर्किएको भन्ने जानकारी आएको केसीले बताए ।

बिबादका विषयमा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष एकराज गुरुङले भने यसपटको शिवरात्रीमा मन्दिरमा पुजारी मात्रै बस्ने र सबै भक्तजनहरुले बाहिरबाटै पुजा गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरिएको बताए । तर निर्णय बारे प्रष्ट नहुँदा दलितहरु र गुरुङबिच सामान्य विवाद भएको उनको भनाई छ ।

विवादका विषयमा दुई पक्ष बिच आवश्यक छलफल पश्चात पिडक भनिएका गुरुङले मन्दिरमै गएर आईन्दा यस्तो व्यबहार नगर्ने भनेर माफी मागेपछि दुबै पक्षबिच सहमती भएको बताईएको छ ।

सच्याईएको* : सहमतीको विषयमा अझै छलफल जारी रहेको ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!