• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । नेपाली सेनाको अरिदमण गणले जिल्लाको सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटारमा ओखलढुंगा ऐतिहासिक संग्रहालय निर्माण गरेको छ । झन्डै २० लाख रुपैयाँको लागतमा करिब ३ महिनाभित्र गणले संग्रहालय निर्माण सम्पन्न गरेको हो ।

संग्रहालयमा तत्कालिन युद्धको समयमा रुम्जाटार आक्रमणमा प्रयोग गरिएका हातहतियारहरु, ढाल, तरवार, धनुष, युद्धमा लगाईने पोशाक, विभिन्न जातिय पोशाकहरु, सांस्कृतिक सम्पदाका बाजाहरु, मौलिक सामग्रीहरु, जिल्ला स्थित विभिन्न गढी तथा किल्लाहरुको तस्बीरहरु संग्रहित गरिएको छ ।

सांस्कृतिक, प्राचिनकालिन, युद्ध र ओखलढुंगा गरी विभिन्न ४ कक्षमा निर्माण गरिएको संग्रहालयको आज (शुक्रबार) एक भब्य कार्यक्रमको आयोजना गरी उद्घाटन पश्चात नगरपालिकालाई हस्ताणतरण गरिएको छ । संग्रहालयको श्री नं. १८ बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी सन्तोषराज पाण्डे र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले सयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रथी पाण्डेले पृथ्वीनारायण शाहले नेपाल एकिकरणको समयमा तत्काल युद्धमा प्रयोग भएका हातहतियार र युद्धको बन्दोबस्ती व्यवस्थापन पक्षका लागि स्थानीय स्तरमा निर्मीत प्राचिनकालिन सामग्रीहरुको एकिकृत तथा संकलन गरी संरक्षण, सम्बद्र्धन र प्रर्बद्धन गर्ने उदेश्यले पूर्वी पृतनापती शहदेव खड्काको परिकल्पना तथा नेतृत्वमा नेपाली सेनाको आर्थिक वर्ष २०७९÷०८० को सिघ्र प्रभाव आयोजना अन्र्रगत विनियोजन भएको रकम र अरिदमण गणका सकल दर्जाहरुको अथक प्रयासबाट संग्रहालय निर्माण गरिएको बताए ।

संग्रहालय निर्माणका लागि सहयोग गर्ने स्थानीय सरकार, जिल्ला प्रसासन कार्यालय, संग्रहालयमा सजावटका लागि ऐतिहासिक दस्तावेज तथा युद्ध सामग्रीहरु उपलब्ध गराउने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे । यस ऐतिहासिक संग्रहालयको संरक्षण, सम्बद्र्धन गर्न आवश्यक कार्यबिधी बनाई आगामी दिनमा अझ स्तरउन्नती गर्दै लैजाने र भविष्यमा शैनिक–नागरिक सम्बन्ध अझ प्रगाढ हुने पाण्डेले आशा ब्यक्त गरे ।

कार्यक्रममै नगरप्रमुख खनालले संग्राहलय निर्माणको प्रक्रियामा रहँदा विभिन्न जटिलताहरु आएको भएपनि छोटो समयमा संग्रहालय निर्माण भएको प्रति खुसी ब्यक्त गरे । स्थानीय सरकार वा अन्य निकायले निर्माणको जिम्मा लिएको भए लामो समय लाग्न सक्ने भन्दै उनले अन्य आयोजनाहरु पनि यही गतिमा निर्माण हुने हो भने देशले निकै छिटो विकासको फड्को मार्ने बताए ।

यो संग्रहालय रुम्जाटारमा स्थापित भएपनि पुरै जिल्लाको संग्रहालय भएको भन्दै उनले यसलाई भरपुर प्रचारप्रसार गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन सकिने बताए । अहिले प्रारम्भीक रुपमा संग्रहालय स्थापना भएकाले यसलाई संघ तथा प्रदेश सरकारको सहयोग लिएर स्थानीय सरकारले क्षमताले भ्याएसम्म बिस्तार गरिने उनको भनाई थियो ।

सिद्धिचरण नगरपालिकाले रुम्जाटारलाई छुट्टै पर्यटकिय गन्तब्य बनाउन चाहेको भन्दै अब छिट्टै कार्यबिधी तयार गरी संरक्षण समिती बनाएर टिकट प्रणलीबाट यो संग्रहालय अवलोकन तथा भ्रमण गर्ने ब्यवस्था मिलाईने उनको भनाई थियो । त्यसको लागि अझै केहि समय नेपाली सेनालाई नै प्राविधिक सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संग्रहालय निर्माण गर्न सहयोग गर्ने तथा संग्रहालयमा सजावटका लागि प्राचिन तथा मौलिक सामग्रीहरु प्रदान गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!