ओखलढुंगा । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा फरार रहेका एक व्यक्ति ओखलढुंगाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–८ का ३९ वर्षीय दिनेश रुम्दाली राई रहेका छन्। उनी आफ्नी श्रीमती ममता भनिने आश्मा राईसँग मिलेर झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको मुद्दामा फरार थिए।
खोजतलासकै क्रममा राईलाई बिहीबार सिद्धिचरण नगरपालिका–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डीएसपी) मदन केसीले जानकारी दिए।
उनका अनुसार, राईमाथि जिल्ला अदालतबाट आज (शुक्रबार) ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। निजको श्रीमती आश्मा भने यस अघि नै पक्राउ परिसकेको डीएसपी केसीले जानकारी दिए ।