ओखलढुंगा । पहिचान सहितको प्रदेशको नामारण नभएको भन्दै किरात राई यायोक्खा ओखलढुंगाले विरोध जनाएको छ । आज (बिहीबार) सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारेभञ्ज्याङ मिलनचोकमा यायोक्खाले बिरोध प्रर्दशन गरेका हुन् ।
यायोक्खाले आज बिहानै देखी सिद्धिचरण राजमार्गमा सडक अवरुद्ध गरेर प्रर्दशन गरे । प्रदेश नम्बर एकको नामाकरण कोशी प्रदेश राखिएकोमा उक्त नामलाई खारेज गरी प्र्रदेशको नामाकरण पहिचानको आधारमा ‘किरात’ राख्न प्रदेशभर यायोक्खाले बिरोध जनाएको यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईले बताए ।
यसअघिका निर्वाचनमा पहिचानको मुद्धा बोकेका नेतृत्वहरुबाटै धोखा भएको भन्दै यायोक्खाको नेतृत्वमा बिरोध पक्षधरहरु बिरोध प्रर्दशनमा उत्रिएको उनको भनाई छ । बिरोध स्वरुप भोली (शुक्रबार) पुनः जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको राईले बताए ।