• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ दियाले स्थित राहुटार भन्ने ठाउँमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्य भएको छ भने अन्य ९ जना घाईते भएका छन । आज (आईतबार) बिहान दियालेबाट यात्रुहरु लिएर ओखलढुंगा सदरमुकाम तर्फ आउँदै गरेको ना १ ज ८४८३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दियालेका ५२ बर्षिय मिनबहादुर श्रेष्ठ र सोहि ठाउँका ७० बर्षिय भक्तबहादुर थापा रहेका छन । दुर्घटनामा घाईते भएका मध्ये धेरैको अवस्था गम्भीर रहेको दुर्घटना स्थलबाट चिसंखुगढी ३ का वडा अध्यक्ष भिष्म श्रेष्ठले जानकारी दिए ।

उनका अनुशार दुर्घटनामा गम्भीर घाईते भएका ४ जनालाई उद्धार गरी उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईसकिएको छ । गम्भिर घाईते हुने दियालकै अन्दाजी २२ बर्षिय चालक सुमन कार्की सोहि ठाउँकी करिब २८ बर्षिया सर्मिला श्रेष्ठ र केन्द्र कार्की र चिसंखुगढी १ कुईभिरका हेम अधिकारीलाई उपचारका लागि काठमाण्डौ पठाईसकिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अन्य थप गम्भिर घाईतेहरुलाई पनि पुन अर्को हेलिकोप्टर मार्फत काठमाण्डौ पठाउने तयारी भैरहेको उनले बताए । यता जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल तर्फ गैरहेकोले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

बोलेरोमा चालक र एक बालक सहित ११ जना सवार रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!