• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: जिल्लाका उद्यामी महिला समुहको नेतृत्वमा तामाकोशी नदी किनारकोे सरसफाई गरिएको छ । बुधबार (आज) जिल्ला सदरमुकामको मन्थली स्थित तामाकोशी नदी किनारको सरसफाई गरिएको हो ।

मन्थली नगरपालिका १ स्थित सिगल धुप उद्यम महिला समुहको अगुवाईमा शसत्र प्र्र्र्रहरी,आयल निगम तथा आम सर्वसाधारणको सहभागीतामा नदी किनारमा रहेको फोहोर बस्तुको संकलन गरी सरसफाई गरिएको सिगल धुप उद्यम महिला समुहका अध्यक्ष यसोदा श्रेष्ठले जानकारी दिनुभयो ।

मन्थली नगरपालिकाको बजारक्षेत्रमा तामाकोशी नदी किनारबाट पम्पीङ गरी खानेपानी बितरण हुदै आएकाले नदी किनारलाई सरसफाईयुक्त राख्न आवश्यक रहेको श्रेष्ठको भनाई छ । घर संगै वातावरणीय सरसफाईमा ध्यान दिन आवश्यक रहेको भन्दै खानेपानीको मुहान क्षेत्रको समेत बिशेष सरसफाई गर्न समुहले पहल सुरु गरको हो ।

अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर सदरमुकामको आकाशे पुलदेखी एरपोर्ट सम्मको स्थानमा रहेको नदी किनारमा सरसफाई गरिएको छ ।

नदी किनारमा गरिएको सरसफाईबाट संकलन भएको प्लास्टिक,बोटल लागयतका नकुहिने बस्तुहरु मन्थली नगरपालिकाको फोहोर संकलन गर्ने सवारीसधन बोलाएर पठाईएको सिगल धुप उद्यम महिला समुहका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!