ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट एक किशोरी घाईते भएकी छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित मोटरसाईकलको ठक्करबाट सोही ठाउँकी १७ बर्षिया धनमायाँ खतिवडा घाईते भएकी हुन ।
ओखलढुंगा—रुम्जाटार सडक खण्ड अन्तर्रगत रुम्जाटारबाट सानिटार तर्फ आउँदै गरेको बा प्र ०२–०३८ प ७९३४ नम्बरको मोटरसाईकलले पैदलयात्रा गरिरहेकी उनलाई आज (शुक्रबार) दिउँसो ठक्कर दिएको थियो ।
मोटरसाईकलको ठक्करबाट उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । उनका अनुशार घाईते किशोरीलाई उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल सोब्रु पठाईएको छ ।
सवारी चालक सिनपा ५ सानीटारका ३२ बर्षिय देवकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।