ओखलढुंगा: जिल्लाका एक जनप्रतिनिधीले वडाका बिपन्न नागरिकलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । सिद्धिचरण नगरपालिका ९ ज्यामिरका वडा अध्यक्ष गुण बहादुर खड्का ‘विबेक’ले वडाभित्रका अति बिपन्न तिन परिवारलाई खाद्य समाग्री तथा कपडा सहयोग गरेर जन्म दिन भएका हुन् ।
खड्का मंगलबार आजबाट ३० बर्ष लागेका छन् । उनले आफ्नो जन्म दिनको अवसरमा वडाका तिन घर परिवार अति बिपन्न नागरिकलाई खाद्यन्नका सामाग्रीहरु दाल,चामल नुन, तेल सहित ओढ्का लागी प्रयोग गरिने कम्मल सहयोग गरेका छन् । जन्म दिनको अवसरमा गरिने खर्चीलो ‘फजुले’ प्रवृतीलाई निस्तेज पार्न बिपन्न परिवारलाई सहयोग गरेर मनाएको खड्काको भनाई छ ।
उनले बिपन्न परिवारलाई करिब १० हजार मुल्य बराबरको खाद्यन्न तथा कपडा बितरण बितरण गरेका छन् । जन्म दिनमा बिपन्न नागरिकलाई सहयोग गरेका वडा अध्यक्ष तथा नेपाली काग्रेसका वडा सभापती खड्कालाई ति नागरिकले जन्म दिनको शुभकामना सहित धन्यवाद ब्यक्त गरेका थिए ।
यसअघि पनि अध्यक्ष खड्काले बिभिन्न सहयोगी भावनाका कामहरु गर्दै आएका छन् ।