• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । सर्वसाधरण तथा सवारी चालकलाई ट्राफिक सचेतना जगाई सवारी दुर्घटना न्यूनिकरण गर्न सुरु गरिएको यस वर्षको ट्राफिक सप्ताह जिल्लामा समापन गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको सहकार्य र जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको सक्रियतामा गत असार १९ गतेबाट सुरु गरिएको ट्राफिक सप्ताह आज (सोमबार) औपचारिक रुपमा समापन गरिएको हो ।

सप्ताहको उद्घाटन असार १९ गते सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) र प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलगायतले गरेका थिए । त्यस्तै आजको समापन कार्यक्रम नगर उपप्रमुख केदारबाबु बस्नेतको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी प्रमुख (डीएसपी) दिपकबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सप्ताहको अवधी भर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको बताईएको छ । सप्ताह अबधिमा सवारी चालकहरुलाई प्रशिक्षण अन्तर्रगत सिनपा ८ जरिंगेमा साईडलाईटको प्रयोग, मालबाहक तथा यात्रुबाहकलगायत कम गतिका सबै सवारी साधनलाई बाँया लेनबाट चलाउन लगाईएको थियो । त्यस्तै सप्ताहको दोस्रो दिन मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ५ मानेभञ्ज्याङ र वडा नम्बर ७ टोक्सेल हर्कपुरमा पैदल यात्रीलाई बाटो काट्न जेब्रा क्रस तथा सडक पेटीको प्रयोग गर्नुपर्ने बारे जानकारी गराईको थियो ।

सोहि दिन चालकहरुलाई जेब्राक्रसमा सवारी चलाउँदा अपनाउनुपर्ने आवश्यक सावधानी बारे जानकारी गराउनुको साथै दुर्घटना न्यूनिकरणका लागि विभिन्न शन्देशमुलक पर्चा र पम्ल्पेट समेत वितरण गरिएको बताईएको छ । त्यस्तै मोटरसाईकल चालकलाई प्रशिक्षण, विभिन्न विद्यालयमा ट्राफिक नियम सम्बन्धी कक्षा सञ्चालन, गाउँगाउँमा ट्राफिक प्रहरी अभियान, माईकिङलगायतका कार्यक्रमहरु सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका ईन्चार्ज (असई) होमबहादुर खतिवडाले जानकारी दिए ।

स्कुल बसलाई प्रशिक्षण, सार्वजनिक यात्रुबाहक सवारीमा आरक्षण सिटको प्रयोग भए नभएको अनुगमन, चालकको स्वास्थ्य परिक्षण, सवारीको यान्त्रिक चेकजाँच र चालकको मापसे तथा लागुपदार्थ सेवन चेकजाँच समेत गरिएको उनको भनाई छ । सप्ताहको अवधिमा सिनपा ११ स्थित रमाईलोडाँडामा ३ जना सुमो चालकमा लापसे किटको प्रयोग गरी परिक्षण गरिएकोमा ३ जनाकै नतिजा नेगेटिभ आएको थियो ।

त्यस्तै ९ वटा सवारी साधनको यान्त्रिक चेकजाँच गरिएकोमा २ वटाको अवस्था ठिक नभएको पाईएकाले मर्मतका लागि पठाईएको पनि ईन्चार्ज खतिवडाले जानकारी दिए ।

तस्बीर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!