• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । नेतृत्व तहमा महिलाको सहभागिता बृद्धिका लागि आफुहरु प्रतिबद्ध रहेको जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले बताएका छन । दलित महिला केन्द्रको ‘शी लीड्स’ परियोजनाले आज (शुक्रबार) सदरमुकाममा आयोजना गरेको “राजनीतिक दलमा लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि ब्यवस्था र कार्यान्वयनमा अन्तर” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।

कार्यक्रमका सहभागी दलका प्रमुख तथा प्रतिनिधीहरुले नेतृत्व तहमा महिलाहरुलाई संबिधानले शुनिश्चित गरेको भन्दापनि बढि आरक्षण आवश्यक रहेको बताएका थिए । तर तत्कालको अवस्थामा सामाजिक तथा राजनीतिक दलको सर्मथनको कमी, परम्परागत बिचार, क्षमता निर्माण तथा अवशरको कमी जस्ता कारण अनिवार्य गरिएको सहभागिता समेत नरहेको बताएका छन ।

महिलाहरुको राजनीतिक तथा नेतृत्व सहभागिताका लागि ब्यवस्था एउटा भएपनि अवस्था अर्कै रहेको भन्दै उनिहरुको सहभागिता बृद्धिका लागि तल्लो तहदेखी माथिल्लो तहसम्म प्रयास भैरहेको उनिहरुको भनाई थियो । महिलाहरुको सहभागिता बृद्धिका लागि आफुहरुले पनि विभिन्न खाले अवशरका ढोकाहरु खोल्दै उनिहरुलाई सर्मथन गरिँदै आएको समेत उनिहरुले बताए छन । जसले गर्दा पछिल्लो समय क्रमश नेतृत्व तहमा महिला सहभागिता बृद्धि हुँदै गएको उनिहरुको भनाई थियो ।

कार्यक्रममा सहभागी (निवर्तमान तथा वर्तमान) महिला वडा सदस्यहरुले यस अघि विभिन्न दलको चुनावी तालमेल र गठबन्धनका कारण पनि नेतृत्व तहमा स्थानीय देखी केन्द्रसम्मै महिलाको सहभागिता कम भएको बताएका थिए । निर्वाचित भएका वडा तहका महिला तथा दलित महिलाहरुले पनि वडामा आफुले बोलेको सुनुवाई नहुने, आफुहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुने, बोल्दै गर्दा पनि खिसी गर्ने, होच्याउने जस्ता थुप्रै समस्याहरु भोग्नु पर्ने अवस्था रहेको बताएका थिए ।

यी र यस्ता खाले प्रबृत्ती र कुरितीको अन्त्य हुनुपर्ने उनिहरुको भनाई थियो । संविधानले तोकेको आफुहरुको आरक्षण सुनिश्चित गर्न आफुहरुले नै आवाज उठाउनुपर्ने पनि उनिहरुले बताएका थिए । दलित महिला केन्द्रकी अध्यक्ष तथा संविधान सभा सदस्य दुलारी हरिजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य पर्शुराम रम्तेलले २०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा महिलाको दलगत उम्मेदवारी तथा विजयी स्थितीबारे प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!