ओखलढुंगा। जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । बिगत दुई बर्षदेखी प्यान्क्रियाजको क्यान्सरबाट पिडित खनालको आईतबार बिहान निधन भएको हो ।
उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ७३ वर्षीय खनाल बिगत दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सरबाट पीडित थिए ।
जिल्लामा पुराना तथा इमान्दार नेताको छवि बनाएका खनालको निधनले नेपाली काग्रेस शोकमा डुबेको छ ।