• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । दसैँ तिहार र छठका लागि नेपाल राष्ट्र बैँकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । राष्ट्र बैँकले वाणिज्य बैँक, काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट साट्न लागेको हो ।

त्यसअनुसार बिहानैदेखि सर्वसाधारण नयाँ नोटका लागि लामबद्ध भएका छन्।

यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैँकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैँकले भदौ २६ देखि बैँक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैँकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गरेको छ ।

सीआईएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!