• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जबरजस्ती करणी अभियोगमा एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा खिजिदेम्बा गाउँपालिका वडा नम्बर ३ स्थित पुठाका २३ बर्षिय फुरी शेर्पा रहेका छन ।

निज शेर्पालाई गाउँकै करिब २७ बर्षिया महिलालाई गत असोज १९ गते राती जबरजस्ती करणी गरेको अभियोग छ । प्रहरीमा परेको जाहेरीका आधारमा सोमबार ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलिले शेर्पालाई गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

पक्राउ परेका शेर्पालाई आज (मंगलबार) जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!