• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ६८ औं प्रहरी दिवस ओखलढुंगामा पनि विविध कार्यक्रम गरी भव्यताका साथ मनाईएको छ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि जिल्ला प्रहरी कार्यालयमा विविध कार्यक्रम गरी दिवस मनाईएको हो ।

कार्यक्रममा दिवसको अवशरमा यसअघि सञ्चालन भएका विविध कार्यक्रमहरुको पुरस्कार वितरण, मातहतका उत्कृत कर्मचारीलाई पुरस्कार वितरण गर्नुको साथै कदरपत्र समेत वितरण गरिएको छ । कार्यक्रममा यसअघि सम्पन्न भएका भलिबल, ३५ किलोमिटर दौड (महिला पुरुष दुवै), अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिताको समेत पुरस्कार वितरण गरिएको छ ।

त्यस्तै प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरूमा कार्यरत रहि उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना कर्मचारीलाई समेत पुरस्कृत गरिएको प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको कार्य सम्पादनमा पु¥याईएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थालाई कदरपत्र समेत वितरण गरिएको छ ।

कार्यक्रममै विभिन्न मितिमा हराएका ६ वटा मोबाईलहरू फेला पारी कार्यक्रमका बिच सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरिएको पनि सिंहले बताए । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले आउँदै गरेको विजया दशमीलगायतका चाडवर्पको शुभकामना ब्यक्त गर्दै यसपटकको कार्यक्रम विगतमा भन्दा अझ भब्य र सभ्य भएको बताएका थिए ।

जिल्लाको शान्ती सुरक्षामा समेत जिल्ला प्रहरी कार्यालयले निकै प्रंससनीय भूमिका निर्वाह गरिरहेको उनिहरुको भनाई थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (प्रहरी नायव उपरीक्षक) दिपकबहादुर केसीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी चेतराज बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!